यदी तपाई अष्ट्रेलिया बस्ने नेपाली हुनुहुन्छ र नेपाल पैसा पठाउने Money Transfer Company वैध वा अवैध हो भनी पत्ता लगाउन चाहनुहुन्छ भने हामी तपाईलाई हुण्डी पत्ता लगाउन सामान्य उपाय बताउने छौ ।
अहिलेसम्म धेरैजसो नेपाली पैसा पठाउन Money Transfer Service छनौट गर्दा अनौपचारिक पैसा पठाउने माध्यम हुण्डीलाई प्रयोग गरिरहेका छन् ।
तर सायद तपाईहरु लाई थाहा नहुन सक्छ, वास्तवमा हुण्डी भनेको के हो ? त्यसैले सर्वप्रथम हामी हुण्डी भनेको के हो भनेर बुझौं।
हुण्डी रेमिट्यान्सको लागि प्रयोग हुंदै आएको गैरकानुनी माध्यम हो, जसमा पैसाको कारोवार वैंकिङ्ग माध्यम भन्दा बाहिरबाट हुन्छ । हुण्डी कारोवार नेपालमा गैरकानुनी हो । विदेशवाट पैसा पठाउने माध्यमको रुपमा नेपाल राष्ट्र वैंकले हुण्डीलाई स्वीकार्दैन । हुण्डी कारोवारलाई नेपालको कानुन अनुसार दण्डनिय अपराध मानिन्छ । कोही यो कारोवारमा संलग्न रहेको पाईएमा कानुन बमोजिम सजाय हुन्छ ।
तर, अष्ट्रेलियामा हुण्डी कम्पनि कानुन बमोजिम नै दर्ता हुन्छ । नेपालमा गैर कानुनी भएकोले अष्ट्रेलियामा रहेका हुण्डी कम्पनिहरुले नेपाल पैसा पठाउन कानुनी तरिका अपनाउदैनन् । उनिहरुले वैंकिङ्ग प्रकृयाको स्थानमा तेश्रो देशको व्यक्तीको सन्जाल हुंदै नेपालमा रहेको आफ्नो एजेन्टलाई पैसा पठाउछ्न् र नेपाल स्थित एजेन्टले बिभिन्न ब्यक्तीको नामबाट तपाईंको आफन्तको बैंक एकाउन्टमा पैसा जम्मा गर्दिन्छन । त्यस्तै यसरी गएको पैसालाई नेपालका कतीपय बैंकहरुले गैर-कानुनी भनि कारोबार गर्दैनन् । तपाईले यहां राज्यलाई कर तिरेर कमाएर पठाएको पैसा नेपालमा आफन्तले प्राप्त गर्दा आम्दानीको आधिकारिक श्रोत बन्न नसकि कतिपय अवस्थामा कालोधन हुन जान्छ ।
नेपालमा हुण्डी कारोवार राष्ट्रिय अर्थतन्त्रको लागि एक गम्भिर चुनौती बनेको छ । यसरी गैरकानुनी ढंगवाट कारोवार भईरहेकोले राज्यलाई प्राप्त हुनुपर्ने अरबौको कर तथा वैदेशिक मुद्राको संचितीमा हुण्डीले नकारात्मक असर गरिरहेको छ । तथापी अष्ट्रेलियामा हुण्डी कारोवार नेपाली समाजमा व्याप्त छ । नेपाल राष्ट्र वैंकको अनुसार फेब्रुअरी २०२० देखि अक्टोबर २०२० सम्म अष्ट्रेलियाबाट कानूनीरुपमा नेपाल भित्रिएको रेमिट्यान्स २५ अर्ब रुपैयाँ थियो, जुन विदेशबाट नेपालले प्राप्त गर्ने कुल रेमिट्यान्सको ३.५८% मात्र हो।
२०२० को फेब्रुअरी देखि अक्टोवर २०२० सम्म नेपाल भित्रिएको रिमिटेन्स
देश | कूल रु (मिलियन) | हिस्सा (%) |
अमेरिका | १४६,०२०.५० | २०.८४ |
भारत | ७८,२०७.०० | ११.१६ |
कतार | ७५,६३१.७० | १०.७९ |
साउदी अरेबिया | ७३,३२८.७० | १०.४६ |
संयुक्त अरब ईमिरेट्स | ७३,१३७.६० | १०.४४ |
मलेसिया | ६६,७३२.८० | ९.५२ |
जापान | ५५,०६९.२० | ७.८६ |
अन्य | ३३,५९५.१० | ४.७९ |
कोरिया | ३३,४१३.४० | ४.७७ |
अष्ट्रेलिया | २५,०६४.८० | ३.५८ |
कुवेत | १५,७९५.१० | २.२५ |
संयुक्त अधिराज्य (बेलायत) | १४,३८५.७० | २.०५ |
बहराईन | १०,४२६.३० | १.४९ |
जम्मा | ७००,८०७.८० | १०० |
माथीको तथ्यांकलाई हेर्दा, एक लाख भन्दा धेरै नेपाली बसोबास गरिरहेको अष्ट्रेलियाबाट नेपाल भित्रिने कूल रेमिट्यान्सको हिस्सा यो भन्दा धेरै गुणा बढी हुनु पर्ने हो । यसले यो प्रमाणित गर्दछ कि अझै पनि रेमिट्यान्सको एक ठूलो हिस्सा नेपालमा अष्ट्रेलियाबाट अवैध च्यानल (हुण्डी) को माध्यम बाट जाने गर्दछ ।
बिगतका बर्षहरुमा अष्ट्रेलियाको नेपाली समाजमा हुण्डीवाट ठगीएका धेरै घटनाहरु सार्वजनिक भएका छन् । पिडितहरु धेरै जसो युवा र अध्ययनको लागि यहां आएका नेपाली विद्यार्थी छन, जसलाई उच्च विनिमयदर र तुरुन्त पैसा पुग्ने बहानामा हुण्डी कारोवारीले ठगिरहेका छन् । यस्ता बिभिन्न घटनाहरुमा हुन्डी कम्पनीले अष्ट्रेलियामा रकम संकलन गरी नेपालमा पठाउनेका आफन्तलाई रकम भुक्तानी गरेका थिएनन् ।
हुण्डी कसरी पहिचान गर्ने ?
पेरु रिमिटले तपाईंहरुलाई हुण्डी पहिचान गर्न केहि आधारभूत तथ्य र उपायहरु बुदागत रुपमा तल प्रस्तुत गरेको छ ।
- हुण्डी अष्ट्रेलियामा Australian Transaction Reports and Analysis Centre (AUSTRAC) मा दर्ता गरी तर नेपालमा नेपाल राष्ट्र वैंकमा दर्ता नगरी कारोवार गर्दछ । जुन नेपालको कानून अनुसार गैरकानूनी हो र प्राप्त हुने रकम कालोधन हो ।
- हुण्डी कम्पनीको नेपालमा कुनै पनि बैंक, बित्तिय संस्था वा मनी ट्रान्सफर कम्पनी (रेमिट) आधिकारीक पार्टनर हुँदैन।
- नेपालमा हुण्डी कारोबर गैरकानुनी भएकोले प्रहरीले वारम्वार छापा मार्ने हुँदा, उनिहरुको आफ्नो कुनै स्थायी भुक्तानी केन्द्र हुंदैन ।
- हुण्डीको एक्स्चेन्ज रेट कुनै पनि कानुनी रिमिट भन्दा बढी हुने गर्दछ ।
- धेरैजसो हुण्डीहरुले सामाजिक सन्जाल फेसवुक, ह्वाटस्एप, भाईबर आदि माध्यम प्रयोग गर्दछन् तर आजभोली केही हुण्डीले Website र App पनि प्रयोग गरिरहेका छन् जसमा तपाईहरु धेरै चनाखो हुन जरुरी छ, नत्र ठगिने सम्भावना अत्याधिक रहन्छ ।
- हुण्डी कम्पनीले दैनिकजसो तपाईंहरुलाई आकर्षण गर्न सामाजिक सन्जाल वा ग्रुप च्याट मार्फत आफ्नो उच्च एक्स्चेन्ज रेट बताइ रहेका हुन्छन ।
- हुण्डीहरुले तपाईले ठूलो रकम पठाउदा विशेष एक्स्चेन्ज रेट पनि दिन्छ्न् ।
- AUSTRAC बाट आफ्नो वास्तबिक कारोबार लुकाउनका लागि हुण्डी कम्पनीहरुले बारम्बार आफ्नो बैंक खाता परिवर्तन गरी रहेका हुन्छन् ।
त्यसैले तपाईको हातले विदेशमा दु:ख गरेर कमाएको पैसा उच्च एक्स्चेन्ज रेटको लोभमा जोखिममा नपार्नुहोस् ।
अष्ट्रेलियाको सबै भन्दा विश्वासिलो र भरपर्दो नेपाल पैसा पठाउने, नेपाल राष्ट्र बैंकबाट समेत कानुनी मान्यता प्राप्त माध्यम, Payरु Remit लाई एकपटक विश्वास गरेर हेर्नुहोस ।
आजै पेरुमा Sign up गर्नुहोस र नि:शुल्क ट्रान्सफर गर्ने मौकाको फाइदा उठाउनुहोस ।
iOS तथा Android Appstore बाट PayRu Remit App डाउनलोड गरी 24/7, मिनेटमा नै हाल बजारमा उपलव्ध भए मध्येको उत्कृष्ट बिनिमय दरमा नेपालमा
आफ्ना प्रियजनहरुलाई ढुक्क सँग पैसा पठाउनुहोस ।
हाम्रा सबै अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित Post गर्दछौँ ।
हाम्रा अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Tiktok र Twitter मा like र follow गर्नुहोस् ।