पेरु रेमिटले कसरी काम गर्छ ?

Blogs | 0 comments

Written by admin

August 3, 2021

यदि तपाई पेरु रेमिटले कसरी काम गर्छ भनी जान्न चाहनुहुन्छ भने, तपाईलाई क्रमबद्द रुपमा पेरुको वारेमा स्पष्ट पार्दछौं ।

Sign up, KYC र पैसा पठाउने प्रकृया बारे बुझ्न पुरा पढ्नुहोस या तलको भिडियो हेर्नुहोस ।

पेरु रेमिटमा कसरी रजिष्टर गर्ने ?

तपाईले केहि मिनेटमै पेरु रेमिटमा रजिष्टर गर्न सक्नुहुन्छ । payru.com.au Browse गर्नुहोस अथवा iOS तथा Android App store बाट PayRu App डाउनलोड गरी Sign up गर्नुहोस । रजिष्ट्रेशनको लागि तपाईलाई यी विवरणहरु आवश्यक पर्नेछ:

  • पुरा नाम (तपाईको परिचयपत्रमा भएको)
  • इमेल ठेगाना
  • PIN
Know Your Customer (ग्राहक पहिचान विवरण) कसरी पुरा गर्ने ?

तपाईको पहिलो कारोवार हुनु अघि हामी ग्राहक पहिचान विवरण (KYC) पुरा गर्न चाहन्छौ ताकी तपाईको बास्तविक पहिचान प्रमाणित गर्न सकौं । कानुनत: तपाईको परिचय प्रमाणित गरेर मात्र कारोवार शुरु हुनेछ । ग्राहक पहिचान विवरण (KYC) प्रकृया छिटो र सजिलो छ ।

जसको लागि तल लेखिएका मध्ये सरकारद्वारा जारी गरिएको कुनै एउटा फोटो सहितको परिचयपत्र (Identity Card) आवश्यक पर्नेछ :
  • ड्राइभिङ् लाइसेन्स
  • उमेर खुल्ने फोटो सहितको परिचयपत्र
  • पासपोर्ट

यदि तपाईले परिचय खुल्ने कागजको रुपमा आफ्नो पासपोर्ट अपलोड गर्नु भएको छ भने अष्ट्रेलियाको बसोवासको तल लेखिए मध्ये कुनै एक ठेगाना खुल्ने थप कागज पेश गर्नुपर्नेछ ।

कुनै पनि ठेगाना खुल्ने कागज भन्नाले (Proof of Address):
  • उपभोगको विल (Utility Bills)
  • वैंक स्टेटमेन्ट
  • ठेगाना खुल्ने कुनै अन्य सरकारी कागजात

एकपटक तपाईले परिचय खुल्ने Document अपलोड गरेपछि पेरुले Identity Verify गर्नेछ र नेपालमा पैसा पठाउन सक्नुहुनेछ ।

PayRu App वाट पैसा कसरी पठाउने ?

सर्वप्रथम पेरु एपमा Account Login गर्नुहोस, त्यसपछि Send Money बटन क्लिक गर्नुहोस र  Drop Down List  बाट Select Receiver मा जानुहोस जहाँ तपाईले New Receiver मा गई पैसा पठाउन चाहेको व्यक्तीको विवरण यस प्रकार भर्नुहोस :

  • प्राप्तकर्ताको पहिलो र पारिवारिक नाम (First & Family Name of Receiver)
  • सम्पर्क नम्बर (Contact Number)
  • प्राप्तकर्ताको इमेल ठेगाना (यो बाध्यकारी होइन)
त्यस्तै, तपाईले पठाएको पैसा प्राप्त गर्ने फरक फरक माध्यम अनुसार रकम प्राप्त गर्न Receiver को तल उल्लेखित बिबरण पनि स्पष्ट गर्नुपर्दछ :
  • वैंक र खाता नम्वर (Bank Account Detail)
  • इसेवा वालेट आई डि (eSewa Id)

एप अथवा वेवसाइटमा एकपटक तपाईले प्रापक(Receiver) छानेपछि तपाईले ट्रान्सफर गर्न चाहेको रकम Entry गर्नुहोस । त्यस पछि त्यहा उल्लेखित विनिमय दरको साथमा पठाउने पैसाको सेवा शुल्क कट्टा गरी नेपाल ट्रान्सफर हुने रकम आउनेछ ।

उक्त रकम ट्रान्सफरको लागि तयार हुनेछ ।

उक्त रकम तपाईले आफ्नो बैंक खाताबाट स्क्रिनमा देखिने पेरुको बैंक खातामा ट्रान्सफर गर्नुपर्नेछ र प्रमाणको लागि वैंक ट्रान्सफरको स्क्रिनसट अपलोड गर्नुपर्नेछ ।

अन्त्यमा Send Money थिच्नुहोस र आधिकारिक ट्रान्सफरको लागि आफ्नो ४ अंकको पिन राख्नुहोस  ।

(तपाईंहरुलाई पिन राख्ने प्रकिया कठिन लाग्न सक्छ यो आर्थिक कारोबर भएको ले सुरक्षाको लागी हो । )

यसरी तपाईले पैसा पठाउन सक्नुहुनेछ । तपाईको प्रापकले पैसा पठाएको केहि मिनेटमै नेपालमा प्राप्त गर्नुहुनेछ।

आजै पेरुमा Sign up गर्नुहोस पहिलो ट्रान्सफर नि:शुल्क गर्ने मौकाको फाइदा उठाउनुहोस iOS तथा Android Appstore बाट PayRu डाउनलोड गरी हाल बजारमा उपलव्ध भएमध्ये उच्च बिनिमय दर र सस्तो शुल्कको मज्जा लिनुहोस

हाम्रा सबै अफर योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित Post गर्दछौँ हाम्रा अपडेटहरु नछुटाउन हामीलाई FacebookInstagram, Tiktok Twitter मा like र  follow गर्नुहोस् 

Related Articles

Related