पेरु रेमिट बारे महत्वपूर्ण जानकारी

Blogs | 0 comments

Written by admin

August 3, 2021

नेपाल पैसा पठाउने सम्वन्धमा पेरु रेमिट सही माध्यम हो कि होइन भनी तपाईहरुलाइ बारम्बार मनमा आउने केहि जिज्ञासाहरुको उत्तर ………

  1. के मैले पेरु रेमिटलाई विश्वास गर्न सक्छु ?
  • सियाश्री ग्लोवल प्रा. लि. अष्ट्रेलियामा पेरु रेमिटको कारोवार गर्न Australian Securities and Investment Commission (ASIC) द्वारा नियमन भइ दर्ता नं ६१२२४२६३६ रहेको आधिकारिक रेमिट्यान्स कम्पनि हो । ASIC अष्ट्रेलियाको एउटा स्वतन्त्र सरकारी व्यवसायिक नियमनकारी निकाय हो । ASIC को भूमिका अष्ट्रेलियन उपभोक्ता, लगानीकर्ता र ऋणीहरुको हितमा कम्पनि तथा वित्तिय सेवा कानुन लागु र नियमन गर्नु हो ।
  • सियाश्री ग्लोवल प्रा लि Australian Transaction Reports and Analysis Centre (AUSTRAC) मा पेरु रेमिटको रुपमा दर्ता भई कारोवार गरिरहेको छ ।
  • सियाश्री ग्लोवल प्रा लि नेपाल राष्ट्र बैंकबाट इसेवा मनी ट्रान्सफर (Company Registration No.225710/076/077 & License No. NRB/FX/MR/E146/076) सँग विप्रेषण सम्बन्धी कार्य गर्न स्विकृती प्राप्त विदेशी कम्पनी हो ।
  1. पेरु रेमिटवाट गरेको मेरो कारोवार कति सुरक्षित हुन्छ ?

पेरु रेमिट अष्ट्रेलियावाट नेपाल पैसा पठाउने हालसम्मकै सुरक्षित रेमिट्यान्स कम्पनि मध्ये एक तथा विल्कुलै विश्वासयोग्य कम्पनि हो । पेरु रेमिट्यान्ससंग अत्याधुनिक KYC र AML/CTF सहितको परिष्कृत प्रणाली रहेको छ जसले हाम्रा ग्राहक तथा हाम्रो ब्राण्डको आवश्यकता अनुसार संरक्षण गर्छ ।

पेरु रेमिटले Secure Sockets Layer (SSL) प्रविधिको प्रयोग गरी तपाईहरुलाई अझै सुरक्षित अनुभूति गराउनेछ । SSL प्रविधिले अनलाइन कारोवारको दौरानका तपाईका संवेदनशिल सूचनाहरुलाई इनक्रिप्ट गरिदिन्छ । हाम्रो वेवसाइटमा रहेका सवै फारमहरु SSL प्रविधिले सुरक्षित राख्दछ ताकि तपाईका बहुमुल्य सूचनाहरु सुरक्षित रही गलत हातहरुमा नपुगोस ।

  1. पेरु रेमिटले कस्ता सेवाहरु दिन्छ ?

पेरु रेमिटले अष्ट्रेलियामा रहेका प्रवासी नेपालीको पैसा सुविधाजनक, सुरक्षित र छिटो आफ्नै स्मार्टफोन तथा कम्प्युटरवाट सस्तो सेवाशुल्कमा आफ्ना प्रियजनलाई सिधा पठाउन सम्भव बनाएकोछ ।

हाल हामीले तिन भिन्न तरिकावाट सेवाहरु प्रदान गरिरहेका छौं ।

  • वैंक ट्रान्सफर (INSTANT BANK TRANSFER)

नेपालका सबै वैंक तथा वित्तिय संस्थामा रहेका खातामा सिधा पैसा पठाउन ।

  • नगद भुक्तानी (CASH PICKUP)

नेपालमा रहेका हाम्रा ८००० भन्दा बढी रेमिट्यान्स शाखाहरुवाट पठाएको पैसा समयमानै प्राप्त गर्न ।

  • इसेवा वालेट (LOAD ESEWA WALLET)

सिधै इसेवा वालेटमा पैसा पठाउन ।

  1. मैले PayRu मा पैसा कसरी जम्मा गर्ने?
  • तपाईले तपाईको वैंक खातावाट सिधै हाम्रो खातामा इन्टरनेट वैंकिङ्को माध्यमवाट रकम पठाउन सक्नुहुन्छ ।

हाम्रो वैंक विवरण यस प्रकार छ:

Name of Bank : ANZ Bank

Account Name : SIA SHREE GLOBAL PTY LTD

BSB Code : 014577

Account No. : 428417966

PayID Type : ABN/ACN

PayID : 641 173 042

PayID Name : SIA SHREE GLOBAL PTY LTD

तपाईको पैसा समयमा पाउन ढिलो नहोस भन्नको लागि ट्रान्सफर गर्नु अघि एकपटक सुनिश्चित हुनुहोला ।

  • तपाईले रकम कारोवार गर्दा आफ्नो नाम पेरु रेमिटको रजिष्ट्रेशनमा भएको नामसंग मेल खाए नखाएको एकिन गर्नुहोस, मेल नखाए तपाईको रकम ट्रान्सफर हुदैन ।
  • तपाईले पठाउन चाहेको बास्तविक रकम मात्र पेरु रेमिटमा पठाउनुहोस यो भन्दा बढी अथवा घटी रकमले तपाईको ट्रान्सफर ढिलो हुनसक्छ ।
  • तपाईले आफुले ट्रान्सफर गरेको Transfer Receipt को स्क्रिनसट अपलोड गर्नुहोस । यदि स्क्रिनसट अपलोड गर्नु भएन भने कारोवारको समयमानै रकम ट्रान्सफर गर्न असमर्थ हुनेछौ ।
  1. मैले पठाएको पैसा कहिले त्यहा पुग्छ ?

तपाईले ट्रान्सफर गरेको पैसा मिनेट भित्रै पुग्छ, तर कुनै समस्या भएमा  ट्रान्सफरलाई केहि समय लाग्न सक्छ । प्रत्येक कारोवारमा हामी तपाईले पठाएको पैसा समयमानै तपाईले चाहेको स्थानमा सकेसम्म चाडो पुर्याउने कोशिसमा हुन्छौं ।

पैसा ट्रान्सफरको ट्रयाकिङ्ग (Transfer Tracking)

हामी इमेल मार्फत तपाईले पठाएको पैसाको यथास्थिती अध्यावधिक विवरण पठाउछौं । तपाई आफैले वेवसाइट अथवा Mobile App को “My Transaction” पेजमा गई यथास्थिती अध्यावधिक विवरण हेर्न सक्नुहुनेछ ।

  1. पैसा पठाउन सेवा शुल्क कति लाग्छ ?

पेरु रेमिटले थोरै मात्र सेवा शुल्क लिन्छ, एक कारोवारको लागि अष्ट्रेलियन ५ डलर मात्र । कुनै अवसरहरुमा तथा व्यापार विस्तार कार्यक्रमको समयमा सेवा शुल्क मिनाहा पनि हुन्छ ।

हाम्रा ग्राहकहरु र तिनका प्रियजनहरुलाई विश्वव्यापी महामारी COVID-19 को असहज परीस्थितीमा सानै भए पनि सहयोग पुगोस भन्नलाई हाललाई सेवा शुल्क मिनाहा गरिएको छ ।

  1. के पैसा पठाउन मैले रजिष्टर गर्नु वा खाता बनाउनु पर्दछ ?

सवै ग्राहकहरुले एक पटकलाई अनिवार्यरुपमा रजिष्टर गर्नु वा खाता बनाउनु पर्दछ । तपाईले KYC विवरण भरी सरकारवाट जारी गरिएको फोटो सहितको परिचयपत्र अनलाइन भेरिफिकेशनको लागि अनिवार्य अपलोड गर्नु पर्दछ । तपाईले रजिष्टर्ड गरिसकेपछि पेरुवाट भेरिफाई भएपछि तपाईले पैसा पठाउन सक्नुहुनेछ ।

  1. फोटो सहितको परिचयपत्र किन आवश्यक पर्दछ ?

AUSTRAC को Anti Money Laundering and Counter Terrorism Financing (AML/CTF) ऐन अनुसार सबै रेमिट सेवा प्रदायकले आफु र आफ्ना ग्राहकहरुलाई सम्भाव्य वित्तिय अपराध, सम्पत्ति शुद्धिकरण तथा ठगी जस्ता जोखिमबाट बच्न र बचाउनका लागि आफ्ना ग्राहकको परिचय र ठेगाना खुल्ने कागजात हरु अनिवार्य मागेर, त्यस पश्चात परिचय सुनिश्चित गरेर मात्र रेमिट सेवा प्रदान गर्नुपर्दछ। आपराधिक क्रियाकलाप गर्ने ब्यक्ती वा आतंकवादी संस्थाले अरुको नाम प्रयोग गरी ठगी तथा सम्पत्ति शुद्धिकरण जस्ता अवान्छित र आपराधिक कार्यहरु गर्न सक्दछन ।अत: ग्राहक पहिचान को लागी  यो अत्त्यन्तै आवश्यक पर्दछ ।

  1. मेरो परिचय भेरिफाई हुन कती समय लाग्दछ ?

कुनै अपवाद बाहेक पेरुले तपाईको परिचयको भेरिफाई मिनेट भरमै गर्नेछ ।

कुनै समयमा परिचय प्रमाणीकरणका लागि केही समय निम्न कारणले लाग्न सक्नेछ

  • सरकारी निकायवाट जारी गरेको विवरणसंग तपाईले भरेको विवरण मेल नखाएमा,
  • तपाईले अपलोड गरेको कागजात सरकारवाट जारी गरिएको फोटो सहितको परिचयपत्र नभएमा,
  • तपाईले अपलोड गरेको फोटो स्पष्ट नभएमा, पढ्न नसिकने भएमा,
  • अपलोड गरिएको परिचयपत्र expired वा cancelled भएको भएमा ।

यदि KYC भेरिफिकेशनले समय लिएमा र तपाईलाई तुरुन्त पैसा पठाउन आवश्यक भएमा कृपया हामीसंग सम्पर्कमा आउनुहोला ।

थप केही सहयोग आवश्यक भएमा हाम्रो Customer Support Team संग कुरा गर्न सिधा हामीलाई सम्पर्क गर्नुहोस ।

EMAIL : contact@payru.com.au

PHONE : +61(03)84137372

आजै पेरुमा Sign up गर्नुहोस पहिलो ट्रान्सफर नि:शुल्क गर्ने मौकाको फाइदा उठाउनुहोस iOS तथा Android Appstore बाट PayRu डाउनलोड गरी हाल बजारमा उपलव्ध भएमध्ये उच्च बिनिमय दर र सस्तो शुल्कको मज्जा लिनुहोस

हाम्रा सबै अफर योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित Post गर्दछौँ हाम्रा अपडेटहरु नछुटाउन हामीलाईFacebookInstagram, Tiktok Twitter मा like र  follow गर्नुहोस् ।

Related Articles

Related